जेठ ०६, २०८१, आइतबार
               

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गर्‍यो जिल्लाभर निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । 

कपिलवस्तु जिल्ला प्रशासनले सोमबार बिहान ५ बजेदेखि  ३२ सम्म लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यसअघि स्थानीय प्रशासनले जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले अत्यावश्यकीयबाहेक अरु सबै खाले व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको  छ ।

बैठकले अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेकका यस जिल्लाभित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सबै किसिमका व्यापार, व्यवसाय बन्द गर्ने, उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्याूनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न सक्ने, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । 

यो पनि