कात्तिक ०२, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।  

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकबाट निर्णय गरी स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा १५ दिनका लागि बन्द गरिएको हो । 

नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको बैठकश्चत् मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भीडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको बताए ।

नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको निर्णयको बुँदा नं १० मा स्थानीय तहहरुबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई १५ दिन बन्द गर्ने उल्लेख छ । 

यसका अलवा सो बैठकले सरकालाई सार्वजनिक यातायात पुन: पूर्ण रुपमा भदौ १५ सम्म रोक लगाउन अनुरोध गरेको छ । 

सो फोरमको बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सरकारलाई यस्तो अनुरोध गरेको हो। 

 

यो पनि