मंसिर ०७, २०८१, शुक्रबार
               

धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा  थप एक सताका लागि निषेधाज्ञा जारी हुने भएको छ । 

दुवै नगरपालिकाले थप एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । 

जनकपुरधाम उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप एक सातासम्म निरन्तरता दिने निर्णय गरेसँगै यी दुई नरपालिकामा निषेधाज्ञा थप एक साताका लागि थप हुने भएको हो ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न भन्दै नगराइन नगरपालिकाले नगरभित्र लकडाउन गर्ने निर्णय गरेको छ भने मिथिला नगरपालिकाले आफ्नो सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगराइन नगरपालिकाले आजदेखि नै लागू हुने गरी साउन ३२ गते सम्मको लागि नगरक्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

यो अवधिमा नगरपालिकाको कार्यालयका सम्पूर्ण वडा कार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पूर्ण रुपले बन्द हुने सो नगरपालिकाले जनाएको छ । साथै, यो अवधिमा कुनै प्रकारका मेला, सभा–समेलन, भोज भतेर गर्न नपाइने सो नगरपालिकाले बताएको छ ।

त्यसैगरी, मिथिला नगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी एक साताका लागि नगरपालिका तथा हरेक वडा कार्यालय बन्द गर्ने बताएको छ । सो नगरपालिकामा भदौ २ गते सम्म निषेधाज्ञा जारी रहने बताइएको छ ।

यो पनि