असोज ०५, २०८१, शनिबार
               

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ पुगेको छ । 

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

त्यसैगरी, यस प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ भने ११७ जना आइसोलेसनमा  छन् ।


कस्तो लाग्यो ?

यो पनि