काठमाडौं । धनुषा मिथिला बिहारी नरपालिकामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय मृतक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।
उनी जनकपुरधाम उपमहानगरपालिका-२ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका उनी बिदामा घर गएको बेला एक्कासी बिरामी भएका थिए ।
ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएसँगै शनिबार राति नै उनलाई उपचारका लागि अस्पताल लैजाउने क्रममा उनको मृत्यु भएको थियो ।
यसअघि शहीद नगरपालिका-८ का ३६ बर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।
योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।