जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं महानगरपालिकाका १२ र १९ वडा सिल

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै सोमबार बसेको १२ र २१ वडाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको बताएको छ । 

सोमबार बसेको १२ र १९ वडाको संयुक्त बैठकले अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

दुवै वडाले संयुक्त रुपमा जारी गरी औषधि, खाद्यान्न र पानी पसलबाहेक अन्य पसल बन्द गर्न अनुरोध गरेका छन् । 

सो सूचनामा खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न आग्रह गरिएको छ ।

दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न गई भयावह हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्नु परेको  सो सूचनामा जनाइएको छ । 

यो पनि