जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा पनि थपियो

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेमा शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।

थप २० मा कोरोना पुष्टि भएसँगै सो जिल्लामा निषेधाज्ञा तीन दिनका लागि थपिएको छ । 

शनिबार भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार आएको परीक्षण रिपोर्टअनुसार ३ सयमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये २ जना बर्दियाका हुन् ।

बाँके प्रशासनले कोरोना संक्रमित बढेसँगै अहिले निषेधाज्ञा थप गरिएको जनाएको छ । 

यसअघि सो जिल्लामा शनिबार (आज) सम्मका निषेधाज्ञा लगाइएको थियो । 

यो पनि