जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा कति पुग्यो कुल संक्रमितको संख्या ?

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाको कहरलाई जिती घर पर्कनेको कुल संख्या १६ हजार ३१३ पुगेको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमितको  कुल संख्या २२ हजार ५९२ पुगेको छ भने कोरोनाका कारण ७३ जनाले ज्यान गुमाएका छन् ।

सुरुवाती दिनमा मुख्यतया: कोरोनाका बिरामी भारतसँग सीमाना जोडिएका जिल्ला बढी देखिन्थे । तर, पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौंमा बढ्दै गएको छ । 

नेपालमा शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकाका ६२ जना छन्  । यो  पछिल्लो २४ घन्टाको तथ्यांक हो । 

पछिल्लो २४ घन्टामै भक्तपुरमा ३ जना, काठमाडौंका ५६ जना, ललितपुरका ३ जना छन् । योसँगै  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १०४४ पुगेको छ ।

यो पनि