जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट थप १८ वर्षीया युवतीकाे मृत्यु, मृतक संख्या ५९ पुग्यो

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक १८ वर्षीया युवतीको मृत्यु भएको छ । पर्साकी युवतीको मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै देशमा कोरोनाबाट मृतक संख्या ५९ जना पुगेको छ ।

मृतक पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीलाई बान्ता भएपछि उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमा ल्याउँदै गर्दा बाटोमै युवतीको सोमबार मृत्यु भएको जनाइएको छ ।

उनको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंले भने औपचारीक जानकारी दिन बाँकी रहेको छ ।   
 


कस्तो लाग्यो ?

यो पनि