जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा पुन: शनिबारसम्मका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

 काठमाडौं । बाँके जिल्लामा जारी निषेधाज्ञा शनिबारसम्मका पुन: थप गरिएको छ । 

कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा चार दिनका लागि थप गरेको हो । 

यसअघि बाँकेमा बुधवार राति १० बजेदेखि अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । 

बाँकेमा पछिल्ला समय समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । 

बाँके जिप्रकाका अनुसार सरकारी कर्मचारी, जनप्रतिनिधिलगायत ट्राभल हिष्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएकोले निषेधाज्ञा लम्ब्याइएको जानकारी दिएको छ । 

निषेधाज्ञाको अवधिमा जिल्लाभर स्वास्थ्य,सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न र तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतकि) प्लेटका सवारी साधनहरु, लामो दुरीका मालबहाहक गाडी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु र अनुमति प्राप्त सवारीलाई मात्रै सञ्चालन गर्न पाइने बताइएको छ । 

यो पनि