बैशाख २३, २०८१, आइतबार
               

कोरोनाबाट थप एक ७७ वर्षीय बृद्धको मृत्यु

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसका कारण नेपालमा थप एक ७७ वर्षीय बृद्धको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय बृद्धको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।

उनलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएकोमा रिपोर्ट नआउँदै उनको मृत्यु भएको डा. दासको भनाइ छ । उनका अनुसार मृतक बृद्धमा मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले औपचारीक जानकारी दिन भने बाँकी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि