बैशाख २३, २०८१, आइतबार
               

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आगामी साउन २६ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । 

 जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

 कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ । 

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिँडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।हालसम्म सप्तरीमा पाँच सय  ३१ जनामा कोरोना सन्क्रमण पुष्टि  भएको छ ।

यो पनि