जेठ ०५, २०८१, शनिबार
               

कर्मचारीमा कोरोना पुष्टिपश्चात नेपालगञ्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । 

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको हो।

प्रशासकीय अधिकृत ओमबहादुर खड्काअनुसार अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको हो ।

उनले सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको बताइएको छ ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि