जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट ६८ वर्षीया महिलाको मृत्यु, मृतक संख्या ५८ पुग्यो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोनाबाट उपचारको क्रममा महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीया महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारे अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिए ।  
 


कस्तो लाग्यो ?

यो पनि