जेठ ०८, २०८१, मंगलबार
               

देउवाद्वारा इनअफ इज इनअफका अभियान्ताका माग सम्बोधन गर्न आग्रह

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तासँग भेट गरेका छन् । 

असार २३गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि वसन्तपुरमा अनसनरत उनीहरुलाई भेट्न शनिबार देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुगेका हुन् ।

इनअफ इज इनअफका अभियान्तालाई भेटेसँगै सभापति देउवाले उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । यसका अलवा उनले मागलाई नेपाली कांग्रेसको समर्थन रहेको बताए ।

‘सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ,’ उनले भने  ।

 उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले धरपकड गरिरहेको भन्दै उनले भत्र्सना पनि गरेका छन् । 

यसअघि सो अभियानले राख्दै आएको शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने मागलाई क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायत मागमा आफ्नो समर्थन रहेको बताए ।

यो पनि