बैशाख २३, २०८१, आइतबार
               

अब विद्यालयलाई क्वारेन्टाइन नबनाइने

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अब विद्यालय भवन कोरोना क्वारेन्टिन नबन्ने भएका छन् । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेसँगै अब विद्यालय क्वारेन्टाइन नबन्ने भएका हुन् । 

यसअघि क्वारेन्टाइनका लागि सरकारी विद्यालय उपयोगी स्थलका रुपमा प्रयोग हुँदै आएका थिए । मन्त्रिपरिषद् बैठकले पाठ्यपुस्तक वितरण र भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्न दिने निर्णयसमेत गरेको छ ।

साथै, सोही मन्त्रिपरिषद बैठकले शैक्षिक क्रियाकलाप सञ्चालनका लागि शिक्षक विद्यालय पुग्ने व्यवस्तथा मिलाउन पनि भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि