जेठ ०१, २०८१, मंगलबार
               

प्रहरीलाई घूस दिन खाेज्ने ९ जना चालक पक्राउ

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने ९ जना चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बा.१५ च  ६२३ नम्बरको पिकअप गाडीका चालक काठमाडौं महानगरपालिका-१३ बस्ने ४२ वर्षीय कर्म थापा, बा.८ च ४३४ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका-५ बस्ने ३० वर्षीय उमा शंकर साह, सह-चालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, ना.१ ज ८६२३ नम्बरको सुमो गाडीका चालक रौतहट गुजरा नगरपालिका-५ बस्ने २३ वर्षीय महमद सदरे आलम, ना.४ च ५९४१ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका-७ बस्ने २१ वर्षीय नितेश कुमार झा, प्रदेश ३-०१-००५ ख ९२४५ नम्बरको बसका चालक रौतहट चन्द्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय उमेश कुश्वार छन् ।

यसैगरी पक्राउ पर्नेमा ना.५ ख ३५१५ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने ४० वर्षीय बिर्खबहादुर यसमाली, ना.४ च २३४० नम्बरको पिक अप गाडीका चालक बारा पर्सौनी गाउँपालिका-२ बस्ने २७ वर्षीय प्रमोद मुखिया र ग.१ ख ९७१७ नम्बरको बसका चालक धनकुटा बेलाहारा नगरपालिका-१६ बस्ने ३९ वर्षीय बिनोद नेपाली रहेका छन् ।

अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिकअप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउदै बिना गरेको चेकिङ टोलीले देखेपछि गाडी छोड्न भनी प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार समेत गरेपछि ती गाडीका चालक तथा सहचालकहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

उनीहरूमध्ये थापाले ५ सय, साहले ३ सय, सहचालक किशोरले २ सय, आलमले ५ सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले १ सय रुपैयाँ दिन खोजेका र नेपालीले १ हजार रुपैयाँ घूस दिन खोजेका थिए ।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।     


कस्तो लाग्यो ?

यो पनि