बैशाख २५, २०८१, मंगलबार
               

बुटवलमा कार्यरत तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं। बुटवलमा तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरुमा सोमबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको राखिएको बताइएको छ । कोरोना भेट्टिएको सो होटललाई  सिल गरिएको बताइएको छ ।

सोमबार तीन भारतीयमा कोरोना संक्रमण पुष्टि भएसँगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि