जेठ ०६, २०८१, आइतबार
               

लकडाउन अन्त्यको घोषणा गरेलगत्तै वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । केही दिनअघि मात्र सरकारले औपचारिक रुपमै लकडाउनको अन्त्यको घोषणा गरेको छ, तर पर्साको वीरगञ्जमा भने शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा सुरु भएको छ । 

संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अनिश्चितकालीन निषेधाज्ञा जारी भएको हो । 

गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भई वीरगञ्ज- २१ बस्ने १७ वर्षीया युवती र  वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज-११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ भने मंगलबार आइसोलेसनमै ज्यान गुमाएकी माइस्थानका ७० वर्षीय वद्धमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै लकडाउन लगाउन स्थानीय राजनीतिक अगुवाबाट दबाब आएपछि वीरगञ्जमा आजदेखि लागू हुनेगरी निषेधाज्ञा सुरु भएको छ । 

निषेधाज्ञा घोषणा गरेसँगै वीरगञ्ज क्षेत्र सुनसान भएको छ ।  यसका अलवा  वीरगञ्जमा बाहिर जिल्लाबाट आउनेहरुलाई पिन प्रवेशमा रोक लगाइएको छ । 

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन गर्न पाइने छैन ।

यसका अलवा वीरगञ्जमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा लगाइएको छ । 

यो पनि