काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा परबाणीपुर गाउँपालिकाकी १७ वर्षीया किशोरीकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।
मृतक किशोरीलाई पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएकाे आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । यसपछि उनलाई गण्डक कोरोना अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ।
८ साउनमा ती किशोरीको पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । गौतमका अनुसार ती किशोरीको ९ साउनमा मृत्यु भएको छ ।
योसहित संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुगेको छ।