जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट थप १७ वर्षीया युवतीको मृत्यु

नेपाल फ्ल्यास
साउन १०, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक युवतीको मृत्यु भएको छ । शुक्रबार साँझ बारा जिल्ला परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि