बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध प्रदर्शन

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । 

सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्‍जन कोइारालाई आश्‍चर्यजनक तरिकाले रिहाका लागि आदेश दिएको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो ।

स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार माइतीघर मण्डलमा  जबराविरुद्ध प्रदर्शन गरेका थिए । 

उनीहरुले 'अदालतको पुनर्संरचना गर', 'न्यायालय शुद्धीकरणलाई अघि बढाऊ', 'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग', 'भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारी अभियन्ता युवा आरके रामेशले अदालतले एकपछि अर्को विवादित फैसला गरेर न्याय प्रणालीमाथि नागरिकको भरोसा टुटाएको बताएका छन् । 

यो पनि