बैशाख २८, २०८१, शुक्रबार
               

८० हजार घुस लिएको अभियोगमा एक कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले   ८० हजार घुस लिएको अभियोगमा  एक कर्मचारीलाई पक्राउ गरेको हो । 

सिँचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । 

सबइञ्जिनियर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको बताइएको छ । 

नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । 

आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जिनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ ।  दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि  काठमाडौँ ल्याइने बताइएको छ । 

यो पनि