जेठ ०२, २०८१, बुधबार
               

घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले  ८० हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा  एक कर्मचारीलाई पक्राउ गरेको छ । 

सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । 

सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । 

नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । 

आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जीनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ ।  

दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि  काठमाडौँ पठाइने  आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि