जेठ ०४, २०८१, शुक्रबार
               

राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा घोषणा

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालीन  निषेधाज्ञा जारी भएको छ । सप्तरी जिल्ला सदरमुकाम राजविराजले बिहीबार बिहानदेखि लागू हुने गरी सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको हो । 

सप्तरी जिल्ला प्रशासन कार्यालयको बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

सप्तरी जिल्ला प्रशासन कार्यालयले अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा/स्थलहरु अनावश्यक आवत जावत, हिँडडुल गर्न नदिने गरी निषेधाज्ञा घोषणा गरेको जनाएको छ । 

जिप्रकाले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने  बताएको छ ।

कोरोनाका कारण राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो ।

त्यसैगरी बुधबार मृतक वृद्धका परिवारका पाँच सदस्य र एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउनमा कडाइ गर्ने निर्णय  गरेको हो ।

यो पनि