बैशाख २५, २०८१, मंगलबार
               

गोरखामा गएको पहिरोले पुरिँदा एक महिलाको निधन

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । गोरखामा गएको पहिरोले पुरिएर  एक महिलाको निधन भएको छ । 

तीन दिनयता लगातार परेकाे  वर्षाका कारण गएको पहिरोले तीन घर बगाउँदा ती महिलाको निधन भएको हो । 

गण्डकी गाउँपालिका-४ फुजेलस्थित कौदी गाउँकी ३६ वर्षीया लक्छीमाया गुरुङको घरमाथिबाट आएको पहिरोले पुर्दा  उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार सो ठाउँमा दिउँसो करिब करिब साढे १२ बजे पहिरो गएको, र सो पहिरोले गोठमा रहेका बाख्रालाई घाँस हाल्न गएकी महिलासहित ९ वटा बाख्रा र गोठ पहिरोले पुरेको हो ।


कस्तो लाग्यो ?

यो पनि