काठमाडौं । बन्दाबन्दीका कारण बन्द रहेका रौतहटका सरकारी कार्यालय सञ्चालनमा आएका छन् । लामो समयदेखि बन्द रहेका रौतहटका सरकारी कार्यालय आइतबारबाट सञ्चालनमा आएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनले असार ३१ गते बसेको बैठकले निर्णय गरेको, र त्यसैअनुसार आजबाट कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गरिएको बताए ।
जिल्लामा कोरोना संक्रमण उच्च बनेपछि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले दिने सेवा बन्द गरिएको थियो ।