बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौंमा गएरातिदेखि वर्षा : यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालभर मनसूनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको महमशाखाले जनाएको छ ।

देशभर सामान्य बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि वर्षा भइरहेको छ ।

आज (शनिबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका केही स्थानमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबारको मौसम

आइबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेश, प्रदेश १ का  केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबारको मौसम

सोमबार पनि देशभर पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा र  प्रदेश २, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का  केही स्थानमा भारी वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि