बैशाख २७, २०८१, बिहीबार
               

समुदायस्तरमा संक्रमण नफैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको बताएको छ । 

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जागेश्वर गौत्तमले यस्तो बताएका हुन् । 

‘हालै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भीडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको चार हजार आठ सयजनाको नमुना परीक्षणमा ती जनामा मात्र संक्रमण देखियो,’ उनले भने, ‘शुक्रबार कोरोना पुष्टि भएकामध्ये तीन जनामध्ये दुई हालै विदेशबाट फर्किएका र एक जना व्युटी पार्लर व्यवसायमा संलग्न व्यक्ति हुन् ।’

उनले काठमाडौं उपत्यकामा असार तेस्रो हप्ता संक्रमण स्रोत नखुलेका धेरै संक्रमित भेटिएकाले समुदायस्तरमा संक्रमण भएको आशंका गरिएको थियो । त्यसपछि सरकारले काठमाडौं उपत्यकाको भीडभाड हुने १० भन्दा बढी स्थानबाट चार हजार आठ सय नमुना संकलन गरी परीक्षण गरेको थियो ।

समुदायस्तरको परीक्षणमा तीनजनामा देखिएको संक्रमणले भीडबाट जोगिनुपर्ने सन्देश दिएको डा. गौतमको भनाइ छ ।

सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरुलाई कोरोनाबाट जोगाउन अझ बल दिएको उनको भनाइ छ ।

यो पनि