असोज ०६, २०८१, आइतबार
               

नेपालमा एक वर्षमा २६ गैँडा मरे

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा २६ गैँडाको मृत्यु भएको छ । 

प्राकृतिक कारणबाट एक वर्षमा २६ वटै गैंडा मरेका राष्ट्रिय चितवन निकुञ्जले जनाएको छ । 

सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैँडा वन क्षेत्रमा मरेका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिले अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा प्राकृतिक कारणले ४३ गैँडा मरेका बताए । 

त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए । गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैँडा मरेका उप्रेतीले जानकारी बताए । 

यसका अलवा उनले मरेकामध्ये १३ भाले, १० पोथी र तीनको पहिचान हुन नसक्ने अवस्थामा भेटिएको बताए । 

अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका थिए । यसरी मर्नेमा नौ भाले, १४ पोथी र २० को कंकाल मात्र भेटिएको थियो । धेरै गैँडा विगतका वर्षमा मरेका, तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेतीले बताए । 

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैँडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैँडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालू आर्थिक वर्षमा गणना गरिँदै छ । 

यो पनि