मंसिर ०७, २०८१, शुक्रबार
               

१४ लाखको अवैध सामान बरामद

रासस
साउन ०२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतका सामान बरामद गरेको हो ।

भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

भारतबाट भन्सार छलेर कपडा र विद्युतको सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए ।

बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि