बैशाख २९, २०८१, शनिबार
               

सुर्खेत हिरासत सिल गरियो

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासत सिल गरिएको छ । 

सो हिरासतमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत सिल गरिएको हो ।

बलात्कारको अभियोगमा पक्राउ परेका व्यक्तिमा कोरोना देखिएपछि हिरासतकक्ष सिल गरिएको जिप्रका सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेका थिए । 

युवकमा कोरोना पुष्टि देखिएपछि उनीसहित अन्यलाई कोरोना परीक्षण गरिएको बताइएको छ । उनलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेसनमा राखिएको छ ।

उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब सङ्कलन गरिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि