बैशाख २३, २०८१, आइतबार
               

प्रदेश ५ मा क्वारेन्टाइन खाली हुँदै

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय प्रदेश ५ का जिल्लामा संक्रमण दर ८ प्रतिशत र निको हुने दर ७३ प्रतिशत रहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

जेठ तेस्रो साता ४० हजार संक्रमित रहेकामा सो प्रदेशमा हाल पाँच हजार मात्र संक्रमित छन् । 

जसका कारण उच्च जोखिमको अग्र स्थानमा आउने यो प्रदेशका क्वारेन्टाइनहरु विस्तारै खाली हुँदै गएका छन् । 

भारतमा रोजगारीका लागि गएका नेपालीहरुको स्वदेश फिर्ता हुने दर घटेसँगै यो प्रदेशमा संक्रमितको संख्या पनि घटेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

 निर्देशनालयले प्रदेश ५ मा हालसम्म ४८ हजारभन्दा बढीको पीसीआर टेस्ट गर्दा ३ हजार ९६६ मा पोजेटिभ देखिएको बताएको छ । 

‘संक्रमितमध्ये ३ हजार २०६ जना निको भएर घर फर्केका छन् भने ७६७ जना उपचारमा छन् । कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ,’ सो निर्देशनालयले भनेको छ, ‘प्रदेश ५ मा कोरोना संक्रमित निको हुने दर ८० प्रतिशत हाराहारीमा छ ।’ 

साथै,  सो निर्देशनालयले अब प्रदेश ५ मा संक्रमण फैलने सम्भावना न्यून रहेको पनि जनाएको छ । 

यो पनि