असोज ०६, २०८१, आइतबार
               

डिस्चार्ज भएकै दिन पाल्पामा युवकले गरे आत्महत्या ?

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

पाल्पा । पाल्पामा एक युवकले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४, हुमिनका २० वर्षीय युवकले सोमबार राति आत्महत्या गरेका हुन् ।

रुपन्देहीको लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

उनी एक महिनाअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

उनी २८ दिनसम्म गाउँकै विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । 

कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसनमा राखिएको थियो । 

आइसोलेसनमा १५ दिन बसेर कोरोनामुक्त भई उनी घर फर्किएका थिए । 

'आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन्' वडाध्यक्ष भोजबहादुर विकले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि