बैशाख १५, २०८१, शनिबार
               

नेपालमा फेसबुक लाइभ : आत्महत्याका लहरदेखि प्रहरीले बचाउन सकेकाे घटनासम्म

ADVERTISEMENT

घटना शनिबार राति पौने ९ बजेको हो । भरतपुर महानगरपालिका स्याउली बजारकी एक युवती फेसबुकमा लाइभ आइन् । १९ वर्षीया विद्या पाण्डेले लाइभमा भनिन्-'कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला ।'

यति भनेर उनले खाटमाथि प्लाष्टिकको चियर राखिन् । हातमा सल लिइन् ।  चियरमाथि चढिन । सिलिड फ्यानमा सलको पासो लगाइन् । 
उनको यो गतिविधि लाइभ हेरिरहेकाहरूले उनीसँग कुरा गर्न सुरु गर्छन् । कसैले सोध्छ, ‘के भयो  ?’ तिमी ठीक त छौं ? त्यो नगर ? भन्नेहरू धेरै हुन्छन् । उनी उत्तर दिन्छिन् ‘म आत्महत्या गर्दैछु, अरु कुरा आई डन्ट केयर ।’ 

उनलाई केही साथीले यस्तो नगर्न सुझाव दिन्छन् तर उनी मान्दिनन् । उनी एकोहोरो लाइभमा बोलिरहन्छिन् । धेरैले उनलाई सम्झाए पनि केहीले भने जिस्केकोझैँ सम्झेर ‘मर मर’ भन्ने प्रतिक्रिया दिइरहेको देखिन्छ ।

भिडियो हेर्दा ढोका बाहिरबाट पनि कसैले ढकढकाइरहेको जस्तो देखिन्छ । जोडले ढोका धकेलीरहको जस्तो देखिन्थ्यो । तर ढोका खोल्ने प्रयास सफल भएन । सायद उनको फेसबुक लाइभ हेरेर कोही बचाउन आएका थिए । यता कोठामा युवतीले पासो लगाइन् र झुण्डिइन् । छिनभरमै प्राणपखेरु उड्यो । 

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले सोही ठाउँका बसेर ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिइन् । उनले आत्महत्या गर्नुको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

सो घटनाको ठीक तीनदिन अघि दाङको तुलसीपुरकी एक युवती मध्यरात फेसबुक लाइभ आइन् ।  तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया युवती एलिसा गौतम बुधबार मध्यरातमा फेसबुक लाइभमा आएकी थिइन् ।

पृष्टभूमीमा उनले ‘मेरो लासको मलामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । उनले रुँदै दुई हात जोड्दै माफी माग्दै आत्महत्या गर्ने तयारी गरेको सुनाइन् । आत्महत्याको तयारी गरिरहेको सो भिडियो देख्नेले प्रहरीलाई खबर गरे ।

भिडियो लाइभ भइरहेको स्थान खोजी गर्न प्रहरी खटाइयो । सजिलै नभेटिएपछि प्रहरीको साइबर क्राइम ब्युरोमा सम्पर्क गरी लोकेसन मागियो । तुलसीपुरको रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहेको जानकारी पाएपछि त्यस क्षेत्रका एक युवाको फोन नम्बर पनि प्राप्त भयो । प्रहरीले ती व्यक्तिलाई फोन गरी युवती बसेको घर पत्ता लगायो । युवतीले आफ्नो जीवनको अन्तिम फेसबुक लाइभमा धेरै गुनासो गरिहरेकी थिइन् । भिडियोमा पटकपटक नमस्कार गर्दै, कान समात्दै पंखामा झुन्डिन खोज्दै गरेको देखिन्छ ।

फेसबुक लाईमा प्रतिकृया आउन सुरु हुन्छ । के भयो तिमीलाई, जिज्ञासा राख्दा उनी भनिछन् ‘ केही भएको छैन, तर म बाँच्न चाहन्न !’ उनले आफू आत्महत्या गर्नुको कारण कसैलाई पनि दोष दिन्नन् ।

उनले कसैको जवाफ नलिई एकोहारो बोलिरहिन् । चिनेजानेकाले आक्रोशित हुँदै सम्झाउँछन् । ‘के पारा देखाइराखेको ? तँलाई हामी चाहिँदैन ! कसको लागि गरिरहेकी छौं छस्, यो सब ? आफ्नो मात्र नसोच् यार ! अरुका लागि ’नि कहिलेकाहीँ विचार गर ’ यी सब कुराको उनले बेवास्ता गर्छिन् ।

प्रहरीले उनको कोठा पत्ता लगाएर ढोका फोेर भित्र छिरे । यति गर्दासम्म युवतीले पंखामा झुन्डिएर आत्महत्या गरिसकेकी थिइन् । आत्महत्याबारे प्रहरीले साइबर क्राइम ब्युरोसँग समन्वय गरेर थप अनुसन्धान गरिरहेको छ ।

चर्चाको प्रलोभनमा ज्यान फाल्दै
कतिपय अवस्थामा चर्चा पाइने लोभले कतिपयले आत्महत्याको बाटो रोज्ने गरेका मनोविद्हरूको भनाइ  छ । केही साताअघि बलिउडका चर्चित अभिनेता शुसान्त सिंहले आत्महत्या गरेका थिए । सो घटनाले विश्वभर चर्चा पयो । त्यसको लगतै नेपालमा फेसबुक लाइभ मार्फत आत्महत्याका घटना भएका छन् । 

मनोविद् गोपाल ढकाल भन्छन् ‘कतिपय सेलिब्रेटी लगायतले आत्महत्या गर्दा चर्चा पाएको देखेर तथा सुनेर पनि सबैलाई देखाएर आत्महत्या गर्दा चर्चा पाइने रहेछ भन्ठानेर पनि अरूले थाहा पाउने गरी आत्महत्या गरेको पाइन्छ । म मर्दा सबैले थाहा पाउँछन् र म चर्चित हुन्छु भनेर कतिपयले सामाजिक सञ्जालमा लाइभसमेत गरेर आत्महत्या गरेको पाइन्छ । ’

घर, परिवार, साथीभाइ, समाजलगायत कसैले मलाई माया गरेको छैन भनेर पनि कतिपयले अरूलाई देखाएर आत्महत्या गर्न सक्छन् । उनीहरूलाई देखाइदिनकै लागि उनीहरूले प्राण फाल्छन् । 

मनोविद् ढकाल भन्छन् ‘तर त्यसरी सामाजिक सञ्जालबाट लाइभ गरेर आत्महत्या गर्नु भनेको कसैसँग बाँच्नका लागि सहयोग मागिरहेको पनि हो । सामाजिक सञ्जाल लगायतबाट आत्महत्या गर्ने बारेमा अरूलाई पनि जानकारी दिएपछि मलाई कसैले बचाउन आउँछन् र म बाँच्छु भन्ने मानसिकता पनि हुन्छ । ’

मर्नुपूर्व योजना बनाएका व्यक्तिमा म आत्महत्या गर्ने समयमा कसैले मलाई देख्छ, थाहा पाएपछि मलाई बचाउन आउँछन् अनि म बाँच्छु भन्ने पनि हुन्छ । कतिपय आत्महत्याको योजना बनाएका व्यक्तिले पनि बाँच्ने अवसर पर्खिरहेका हुन्छन् । 

प्रविधीको दूरुपयोग
पछिल्ला तीन दिनको फरकमा फेसबुक लाईभ गर्दै आत्महत्या गरेका दुइवटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालमा आत्महत्याको दर डरलाग्दो छ तर यसरी आत्महत्याको दृश्य सामाजिक सञ्जालमा लाइभ भएको यो पहिलो घटना पनि होइन् । यसअघि केही यस्ता घटना भएका थिए । फेसबुकले सबै सदस्यलाई लाइभको सुविधा दिएसँगै विभिन्न देशमा आङै सिरिङ्ग पार्ने यस्ता धेरै घटना घटिसकेका छन् । 

लाइभको दुरुपयोगसँगै फेसबुकको आलोचना बढेपछि उसले यसलाई रोक्न २०१७ नोभेम्बरमा सुसाइडलाई रोक्न आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलजीको प्रयोगमा ल्याएको घोषणा गरेको थियो ।

सो प्रविधिले प्रयोगकर्ताको आत्महत्या गर्नसक्ने व्यवहारलाई विश्लेषण गरेर साथीहरुलाई जानकारी दिने उल्लेख गरिएको थियो । तर नेपालमा भने यो सिस्टम नभएकाले आत्महत्या गर्ने तयारी गर्दै गर्दा उसको फ्रेण्डस बाहेक अरुले भिडियोबारे थाहा पाउँदैनन् । 

फेसबुकले केही ज्यान पनि जोगियो
आत्महत्या गर्ने मनस्थितिमा पुगेकालाई फेसबुकको लाईभले ज्यान पनि जोगाएको छ । नेपालमै पनि ४ वर्षअघि आत्महत्याको मोडमा पुगेका झापाका एक युवकको ज्यान जोगिएको थियो । ती युवकले फेसबुकमा ‘यो मेरो जीवनको अन्तिम क्षण हो ’ भनेर लेखेका थिए । 

सो स्टाटस देखेलगत्तै आयरल्यान्डमा रहेको फेसबुक कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई अलर्ट पठाएको थियो । सो अलर्टको आधारमा प्रहरीले झापा प्रहरीमार्फत ती युवाको घरमा पुगेर काउन्सिलिङ दिएको थियो । जुन घटनाको समयमै सूचना पाउन सक्दा प्रहरीले ती युवाको ज्यान जोगाएको थियो ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि