असोज ०६, २०८१, आइतबार
               

'कोरोना प्रभावितलाई दुर्व्यवहार गरे कारबाही'

रासस
असार २३, २०७७

ADVERTISEMENT

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड-१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ ।

पछिल्लोपटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।

'घरपरिवारका सदस्य, छिमेकी वा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुर्व्यवहार गर्नेजस्ता अमानवीय कार्य सामाजिक सद्भाव, शान्ति र कानून विपरीत भएको अवगत नै छ', प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ / नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्न सहयोगको अपेक्षा गर्दछौँ ।' प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम गरिने चेतावनी दिएको छ ।

समाजले होच्याउने वा अपमानजनक व्यवहार गर्ने हुँदा कतिपय व्यक्ति कोरोना भाइरस परीक्षण गराउन तयार नहुने समस्या देखिएपछि प्रशासनले दुव्र्यवहार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि