कठमाडाैं । नेपालमा सोमबारसम्म कुल १५ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ लाख ५५ हजार ७२८ जनामा परीक्षण गर्दा सो नतिजा आएको हो ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ हजार ८११ जना निको भएर घर फर्किए भने ३५ जनाले ज्यान गुमाएका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेशगत रुपमा प्रदेश २मा सबैभन्दा बढी संक्रमित भएका छन् । हालसम्म सो प्रदेशमा ४ हजार १८४ मा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी, सबैभन्दा कम संक्रमितको संख्या बागमती प्रदेशमा छ । बागमती प्रदेशमा कुल संक्रमित ६३९ छन् । जसमध्ये २३४ जना निको भएर घर फर्किएका छन् ।
गण्डकीमा प्रदेशमा १ हजार १७५ जना संक्रमित छन् । जसमध्ये २९५ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ७१० जना संक्रमित भएका छन् । सो प्रदेशमा हालसम्म ४६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यसैगरी प्रदेश ५ मा ३ हजार ९८४ संक्रमित भएका छन् जसमध्ये १ हजार ८५७ जना निको भएर घर फर्किएका छन्।
मन्त्रालयले कर्णाली प्रदेशमा १ हजार ५८१ संक्रमित भएको जनाएको छ । जसमध्ये हालसम्म १ हजार २२२ जना निको भएर घर फर्किएका छन् ।
सुदूरपश्चिम प्रदेशमा भने ३ हजार ६९१ संक्रमित भएका छन् । यस प्रदेशमा कोरोनालाई जिती घर फर्किनेको संख्या ६६२ छ ।