काठमाडौं । कोरोना संक्रमित शव व्यवस्थापनको विषयलाई लिएर गोरखामा विवाद भएको छ ।
गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा विवाद भएको हो ।
जिल्लास्थित सुरक्षा समितिले मृतकको शव अबुवानजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।
पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरुषको शनिबार बिहान आइसोलेसनमै मृत्यु भएको थियो ।
स्थानीयवासी र प्रशासनबीच कुराकानी भइरहेको बताइएको छ ।