धनगढी । कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ।
स्थानीय क्वारेन्टाइनबाट घर फर्किएकी गोदावरी नगरपालिका–१० की ४८ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको नगरपालिका प्रमुख हरिसिंह साउदले जानकारी दिए ।
प्रमुख साउदका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि ती महिला १२–१५ दिनअघि क्वारेन्टाइनबाट घर फर्किएकी थिइन् ।
उनी प्यारालाइसिससम्बन्धी रोगबाट समेत ग्रस्त रहेको बताइएको छ ।
उनको कोरोना परीक्षणका लागि हिजो राति नै स्वाब संकलन गरि धनगढीस्थित प्रयोगशाला पठाइएको छ ।