जेठ ०४, २०८१, शुक्रबार
               

'मेरा सम्पादकको मुटु छ मर्म छैन'

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । मिडिया हाउसविरुद्ध पत्रकारहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।

लकडाउनको कारण देखाएर मिडिया हाउसले पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका हुन् ।

नेपाल पत्रकार महासंघको अगुवाइमा आज (शुक्रबार) बबरमहलमा पत्रकारहरुले प्ले कार्ड बोकेर प्रदर्शन गरे ।

लकडाउन सुरु भएसँगै सञ्चारमाध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधि बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो ।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले 'अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?' 'सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?' 'मेरा सम्पादकको मुटु छ मर्म छैन' आदि लेखिएका प्ले कार्ड बोकेका थिए ।

यो पनि