बैशाख २४, २०८१, सोमबार
               

कैलालीका संक्रमितको भरतपुरमा मृत्यु, मृतकको संख्या २८ पुग्यो

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

चितवन मेडिकल कलेजमा असार १० गते भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि