जेठ ०६, २०८१, आइतबार
               

विप्लव समूह सुनसरीका जिल्ला इन्चार्ज पेस्तोलसहित समातीए

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेत्र बिक्रम चन्द नेतृत्वकाे (विप्लव) समूहका सुनसरी जिल्ला इन्चार्जलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का विप्लव समूहका सुनसरीका  इन्चार्ज २७ वर्षीय रोशन राईलाई प्रहरीले सुनसरी जिल्लाको धरान १५ बाट पक्राउ गरेको जनाएको छ ।

लुकीछिपी बसेका राईलाई विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहीबार राती पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएसँगै थप अनुसन्धान गर्ने क्रममा उनले प्रयोग गरेको मोटरसाईकलको सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्डसमेत बरामद गरिएको छ । पक्राउ परेका राईमाथि सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धानको लागि  ६ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि