जेठ ०३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थपिए ९ संक्रमित

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा नौ जना संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार, काठमाडौंमा चार जना, ललितपुरमा एक जना र भक्तपुरमा चार जना कोरोना संक्रमित थपिएका हुन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार मृतक स्याङ्जा आँधीखोला–१ का एक पुरुष र ललितपुर महालक्ष्मी–५ का एक पुरुष रहेका छन् । 

नेपालमा हालसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ३१२ छ । जसमध्ये १९ महिला र २९३ जना पुरुष छन् । 

हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या दुई हजार ६५० पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि