जेठ ०३, २०८१, बिहीबार
               

हवाइफायर र केहीलाई पक्राउ गरेपछि बल्ल भयो शव व्यवस्थापन

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन भएको छ ।

८ राउण्ड हवाइफायर र ८ जना प्रक्राउ परेपछि बल्लतल्ल शव व्यवस्थापन भएको हो ।

गएराति कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको स्थानीय प्रशासनले पोखरा लेखनाथको तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि हवाइफायर भएको थियो ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले शव व्यवस्थापनको क्रममा ८ राउण्ड हवाई फायर र ८ जना प्रक्राउ परेको जानकारी दिए । 

स्थानीयहरु प्रदर्शन र तोडफोडमै उत्रिएपछि यो अवस्था आएको उनले बताए ।

शव गाड्न नदिने भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले आज विहानैदेखि टायर नै बालेर विरोध प्रदर्शन थालेका थिए ।

प्रशासनले स्थानीय विरोधबाट पछि नहट्ने संकेत दिएपछि प्रहरी फोर्स लगाएर शव व्यवस्थापन गरेको हो । 

यसअघि पहिलो कोरोना संक्रमितको व्यवस्थापन गर्न पोखराको स्थानीय प्रशासनले ठूलो फोर्स लगाएर व्यवस्थापन गर्नुपरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि