मंसिर ०७, २०८१, शुक्रबार
               

फरार अभियुक्त १६ दिनपछि पक्राउ

रासस
असार ०८, २०७७

ADVERTISEMENT

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् । 

रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम १६ हकुईबाट पक्राउ परेका हुन् ।

गत जेठ २१ गते नवलपरासीको परासी महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन ३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल फरार भएकाले खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उनको भनाइ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि