सुर्खेत । सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको निधन भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको भेरी नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार निधन भएको हो ।
यसअघि पनि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको थियो । मृत्युपछि पीसीआर जाँच गर्दा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय निधन भएका व्यक्ति छिन्चुको शारदा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेर केही दिनअघि घर गएका थिए ।
उनी भारतबाट नेपाल आइ सो क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
अहिले उनको स्वाब परीक्षणका लागि वीरेन्द्रनगर अस्पतालमा पठाइएको छ । सोको नतिजा आएपछि मात्रै दाहसस्कार गर्ने भनी नजिता कुरेर युवकका आफन्त बसेका छन् ।
युवकको शव अहिले प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।