असोज ०६, २०८१, आइतबार
               

घाइते प्रहरीको मृत्यु

रासस
असार ०७, २०७७

ADVERTISEMENT

दाङ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेको ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्रयाक्टरले आइतबार अपराह्न ठक्कर दिएको थियो । 

तुलसीपुर उपमहानगरपालिका वडा २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा परेका थिए ।

मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको भने सामान्यावस्था छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि