असोज ०६, २०८१, आइतबार
               

गण्डकीमा आज बिहान मात्रै थपिए ५६ संक्रमित

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान मात्र थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको 

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ६ बजे एक विज्ञप्ति जारी गर्दै थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

निर्देशनालयले बिहान ११ बजे पुनः अर्को विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा थप ३२ जना नयाँ संक्रमित थपिएको जनाएको हो । ती ३२ संक्रमित तीन जिल्लाका हुन् ।

बागलुङको बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ४ पुरुष र १ महिला, तनहुँको घिरिङ नगरपालिकाका १४ पुरुष र ३ महिला र पर्वत जिल्ला अस्पतालका ३ महिला र २ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार यसअघि आजै बिहान पूर्वी नवलपरासीका २, बागलुङका १४, कास्कीका ६ र स्याङ्जाका ६ गरी थप २४ संक्रमित थपिएका छन् । 

सबै गरेर अहिलेसम्म गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा अहिलेसम्म २२ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन्। एक संक्रमितको मृत्यु भएको छ।


कस्तो लाग्यो ?

यो पनि