असोज ०६, २०८१, आइतबार
               

अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

पर्वत । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।

अर्को सुचना नआएसम्मकाम लागि इमर्जेन्सीबाहेकका अन्य सेवाहरु बन्द बन्द गरिएको अस्पतालले जनाएको छ ।

यसैबीच, आज बिहान मात्रै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि