बैशाख १७, २०८१, सोमबार
               

लापरबाहीका कारण कोरोना फैलिएको भन्दै स्थानीय अन्दोलनमा

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

दाङ । दाङको घोराही उपमहानगरपालिकाले लापरबाही गरेको भन्दै स्थानीय विरोधमा उत्रेका छन् । 

दाङको घोराही उपमहानगरपालिकाले क्वारेन्टाइनबाट घर पठाएका १७ जनामा कोरोना पुष्टि भएसँगै उनीहरु लापरबाही भएको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् । 

घोराहीको चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीको क्वारेन्टाइनका ४ जनामा कोरोना पुष्टि छ । 

यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको थियो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

तर, नगरपालिकाले स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेका र कुनै लक्षण नदेखिएकालाई सुरक्षित बस्ने गरी घर पठाइएको बताएको छ ।  

यो पनि